गान्तोक । नेपाली भाषामा रामायणको अनुवादसितै जातीय एकीकरणको सुत्रधार बन्न सक्षम आदिकवि भानुभक्तको २०५औं जयन्ती चिया कविता समूहले विगतमा झैं अनौपचारिक ढङ्गमा विशेष प्रकारले पालन गरेकाे छ ।
पूर्व सिक्किमको राङ्गा लोअर लिङ्दूङस्थित बस्ती फार्म स्टेमा विशेष कविता गोष्ठिसितै भानुभक्तको कर्म र सिर्जनाबारे संकथन र चर्चा राख्दै जन्म जयन्ति पालन गरिएकाे हाे ।
कार्यक्रममा भानुभक्तको मुहार चित्रमा थुङ्गे फूल अर्पण गरेर श्रद्धाञ्जलि चडाएपछि कवि गोष्ठि आरम्भ भयो । कवि तथा कथाकार प्रवीण राई जुमेलीले भानुभक्तको सिर्जन धर्मिता र तत्कालीन सामाजिक पक्षबारे चर्चा उठाएका थिए ।
भानुभक्तले तत्कालीन नेपालको समाजमा रहेको राजशासन र राणा शासनको समयलाई रामको प्रतीक बनाएर अत्याचारको विरुद्धमा वनवास गएर भएपनि फर्किआएर त्यसको अन्त्य गर्नुपर्ने सोंचलाई जनमानसमा हालिदिने काम गरेको बताए ।
जसरी रावणरूपी अत्याचार मास्न रामको पात्र सिर्जना भएजस्तै नेपालको तत्कालीन समयलाई सम्बोधन गर्ने राम पात्रको आवश्यकता बोध भानुभक्तलाई भएको बताए ।
कार्यक्रममा सिक्किमका वरिष्ठ गायक तथा कवि देउकुमार दुमीले पुरानो गीतसितै कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि डीएन नेपाल, पदम बहादुर क्षेत्री, जीविका अश्रु, लुइस विष्ट, एसबी कार्की, जगन दाहाल, दीपा राई, अमीर भण्डारीले कविता वाचनसितै घाँसी भानुभक्त र वर्तमान समय सित समीक्षात्मक टिप्पणीहरू राखेका थिए ।
सिक्किममा गीत गजलमा बलियो आधार बनाउँदै गइरहेका गीतकार भक्ति बस्नेत र ललित लोहार (निर्मल गङ्गा)-ले गीत गायन प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया