३० आश्विन २०८३, शुक्रबार

एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल कुमार श्रेष्ठ

दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागि आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ ।

प्रारम्भिक नामावली प्रकाशन गर्दासम्म ५०६७ जना पंजीकृत सदस्यहरूको सूची प्रकाशन गरिएको हाे ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ ।

आवेदकहरूका लागि ३० जुन २०१९ सम्म तोकिएको समयमा ५६५२ जना आवेदकहरूले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले ५०६७ जनाको नामावली छनौट गरिएको छ ।

प्रारम्भिक नामावली प्रकासनको गरिएको पंजीकृत सदस्यहरुका शुल्क भुक्तानी गर्ने अन्तिम मिति १९ जुलाईसम्म तय गरिएको छ ।

सूचीमा उल्लेखित आवेदकहरुले आफ्नो सदस्य शुल्क एनसीसी कतारले तोकिएका व्यक्तिहरु उत्तम गुरुङ, बिनोद बसौला, अरुण केसी, आस बहादुर गुरुङ, नरेस जैसी, बुद्ध पाण्डे, बसन्त कुँवरलाई बुझाउन सक्ने छन् ।

प्रमाणित भई सकेका प्रारम्भिक नामावलीमा प्रकासित आवेदकहरुले तोकिएको समयमा लागत सदस्यता दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुनेछ ।

फारम भरेर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन् ।

निर्वाचन सम्बन्धि प्रक्रिया र पंजीकृत सदस्यको अन्तिम नामावली प्रकासन भएपछि निर्वाचन समितिले आफ्नो काम अघि बढाउने छ । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार आवेदनको अन्तिम मिति सम्म ५६५२ जनाको आवेदन परेको थियो ।