डिसी । आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरूको छनौट सम्पन्न भएको छ ।
अन्तिम (फाइनलिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन् ।
उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरु मध्येमा मिनेसोटाकी आस्मा थापा मगर, भ्यानकुभर क्यानडा कि आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायो की बिष्णु मिश्रा, भर्जिनिया कि गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनिषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राजश्री आचार्य, न्यू योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल, कोलोराडोकी सेलिषा नेपाल, मेरिल्याण्डकि शिक्षा घिमिरे, न्यूयोर्क की सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल छनौटमा पुग्न सफल भएका छन् ।
गत बर्ष मिस नेपाल नर्थ अमेरिकामा मोनिका घले भएकी थिइन् प्रथम बिजेता सुजाता लामा तथा द्वितीय बिजेता सृजना राई भएका थिए ।
यस पटक मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि कूल ३३ जनाले निवेदन दिएका थिए भने त्यस मध्ये उत्कृष्ट १७ जनालाई छनौट गरेको आयोजकका प्रमुख शैलेन्द्र श्रेष्ठले जनाएका छन् ।
दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ नामक कार्यक्रमको लागि मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा आधिकारिक सहभागी मेन्टर(परामर्शदाता)को रुपमा सहभागिता हुने छिन ।
















प्रतिक्रिया