नयाँदिल्ली । श्रीमतीले यौनसम्पर्क गर्न नमानेपछि एक युवकले तेजाब हालेर जलाउने प्रयास गरेका छन् ।
राती मदिरा सेवन गरेर श्रीमतीसंग जबरजस्ती यौनसम्बन्ध राख्न खोज्दा नमानेपछि ती युवकले आफ्नै श्रीमतीलाई तेजाब हालेर जलाएका हुन् ।
यो घटना भारतको चेन्नई सहरको हो । तेजाबबाट ती महिलाका शरीरका केही अंगहरु जलेका छन् । प्रहरीले अभियुक्त श्रीमान कुप्पारावलाई पक्राउ गरिसकेको छ । अबेर राती मदिरा सेवन गरेर घर गएका ती युवकले यौनसम्बन्ध राख्न खोजेपछि श्रीमतीले जड्याहा भन्दै घरबाट वाहिर निकालेका थिईन् ।
त्यसपछि उनी ढोका खुलै छोडेर सुतेकी थिईन् । ती युवक फेरी राती ३ बजे घर आएर श्रीमतीलाई जबरजस्ती गर्न खोजे । श्रीमतीले जबरजस्ती गरे नराम्रो हुने चेतावनी दिएपछि ती युवक रिसाएर शौचालयभित्र छिरेका थिए ।
शौचालयभित्र राखिएको क्लीनिंग एसिड ल्याएर आवेगमा उनले सुतिरहेकी आफ्नै श्रीमतीमाथि एसिड फालेका थिए । एसिडले पोल्न थालेपछि उनकी श्रीमती चिच्याएकी थिईन् ।
चिच्याएपछि छिमेकीले उनलाई हस्पिटल लगेका थिए । किल्निङ्ग एसिड भएकाले धेरै क्षती भएन । श्रीमानले उनलाई नशामा जलाउन चाहेका थिए । तर उनी बाँच्न सफल भएकी छिन् ।














प्रतिक्रिया