काठमाडौं । समाजसेवी एवं आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचारको आरोप मिथ्या रहेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ ।
आयोगको छानबिन टोलीले श्रेष्ठमाथि लागेको ‘यौन दुराचार’सम्बन्धी आरोप पुष्टि नभएको निष्कर्ष निकालेको हो । यौन दुराचारसम्बन्धी समाचार सार्वजनिक भएपछि आयोगले मञ्जु खतिवडा र बासु बजगाईंको नेतृत्वमा अनुसन्धान समिति गठन बनाएको थियो ।
बालबालिका बृद्धलाई एकै ठाउँमा राख्नुलाई भने आयोगले दिलशोभाको कमजोरीका रुपमा लिएको छ । बालगृह सञ्चालन गर्दा अपनाउनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको पाइएको आयोगको रिपोर्टमा उल्लेख छ ।
‘वालवालिका र वृद्धबृद्धालाई एकै ठाउँमा राख्नु कत्तिको उचित हुन्छ ?’ आयोगको पाँच पृष्ठ लामो रिपोर्टमा प्रश्न उठाइएको छ ।
आयोगले मिडियाले समाचार सम्प्रेषण गर्दा मर्यादित हुनुपर्ने निष्कर्ष समेत निकालेको छ । आयोगले पत्रकार सम्मेलनमा मार्फत रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपाल प्रहरीले पनि यसअघि नै आफ्नो अनुसन्धान सार्वजनिक गर्दै दिलशोभामाथि यौन दुराचारको अभियोग गलत सावित भएको बताएको थियो ।
















प्रतिक्रिया