३० आश्विन २०८३, शुक्रबार

देशलाई दक्ष प्राविधिक जनशक्ति र योजनाकारहरूको खाँचो छ: शेरधन राई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

बाल्टिमोर । बाल्टिमोरमा जुलाई ५ -७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय मुख्य मन्त्रि शेरधन राईले गरेका छन् ।

सम्मेलनमा अमेरिकन तथा नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रमको झाँकी प्रदर्शनमालाखे नाच प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि राईले आफूलाई नेपालबाट आमन्त्रित गरी अवसर दिएकोमा आयोजकलाई धन्यबाद दिए । राईले सम्मेलनले महत्वपूर्ण घोषणा पत्र जारी गर्ने र यस सम्मेलनले एकताको संदेश दिने शुभकामना दिएका छन् ।

उनले हाम्रा पुर्खाहरुले गरेको बलिदान र त्यागको कारण नेपाल कहिले कसैको अधिनस्थ हुनु नपरेकाे बताए । उनले यस बेला नेपाली जनता देशका मालिक हुन् र मालिक हुन् सफल भएको बताए ।

यो उपलब्धि आपसी विश्वास समन्यव र सहकार्यबाट भएको उनले बताए । देशले प्राप्त गरेको नयाँ प्रणाली तिब्र गतिमा अघि बढी रहेको उनले बताए ।

उनले अमेरिकामा आएर मेहनत र दुःख गरेर पैसा, ज्ञान शीप हासिल गरेकाे बताए । नेपालको बिकासको लागि अब अमेरिकामा रहेका नेपालीहरुले प्राप्त गरेकाे शिप, ज्ञान, अनुभव र प्रविधिलाई नेपालमा भित्राउन खाचो भएको बताए । अमेरिकामा थुप्रै बिद्या वारिधि र अभियन्ताहरु रहेको बताउदै नेपालले अपेक्षा गरेको उनले बताए ।

सम्मेलनमा सम्मेलन सभापति विजय श्रेष्ठ,नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दीपक गिरी राजदूत अर्जुनकुमार कार्की, एएनएका अध्यक्ष मेदिनी अधिकारी, बानाका अध्यक्ष सुबोध पन्त, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, महा बाणिज्य दूत प्रेम राजा महत, नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तब्य राखेका थिए ।