१८ कार्तिक २०८३, बुधबार

जवाफ दिन सरकारलाई रुलिङ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ असार । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आगामी बैठकमा सर्लाही घटना र विषादीयुक्त तरकारीलाई रोक्ने निर्णय फिर्ता लिइएको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

सभाको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद उठेर विरोध जनाउनुभएपछि सभामुख महराले दुवै दलका सांसदलाई बोल्ने समय दिनुभएको थियो ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका बालकृष्ण खाँण र राजपाका सांसद प्रमोद साहले सर्लाही घटना र विषादीयुक्त तरकारी आयात खुला गरिएको विषयमा सम्बन्धित मन्त्रीले जवाफ नदिए आगामी बैठक रोक्न बाध्य हुनुपर्ने बताउनुभएको थियो । दुवै सांसदले बोलिसकेपछि सभामुख महराले आगामी बैठकमा जवाफ दिन रुलिङ गर्नुभएपछि प्रतिनिधिसभाको आजको बैठक सञ्चालन भएको थियो । –रासस