२९ आश्विन २०८३, बिहिबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

INLS-logoडिसी, अमेरिका । अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत महिला समिति गठन गरिएको छ ।

नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउन गीता खत्रीको सयोजकत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समिति गठन गरिएको हो ।

महिला समितिका संयोजक गीता खत्री अनेसास बोर्ड अफ ट्रष्टीका सह-पाध्यक्ष तथा न्युयोर्कका पूर्व अध्यक्ष हुन् । समितिको सह-संयोजकमा उन्नती बोहोरा शिला (नेपाल) र सीता पाण्डे (वाशिंगटन डिसी) चयन भएका छन् । समितिको सदस्य–सचिवमा शकुन्तला ज्ञवाली (न्युयोर्क)लाई चयन गरिएको छ ।

विमला निरौला, (मेरिल्याण्ड), लक्ष्मी राई (लारा, बेलायत), समाश्री (इजरायल), पुनम काफ्ले (न्युजर्सी), गंगा लिगल (टेक्सास), लतिका जोशी (भारत), जीवन अर्याल (जापान), ममता कर्माचार्य (बोष्टन), सुजाता क्षेत्री (फ्रान्स), रोजी भट्टराई (अष्ट्रेलिया) लाई अनेसासले महिला समिति सदस्यमा चयन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले महिला समिति गठन गरेको हो । यसले विश्वमा रहेका नेपाली महिला साहित्यकारलाई एकजुट बनाउन सहयोग पुर्‍याउने उहाँको विश्वास छ ।