सिरहा, २२ असार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ पोखरीमा रहेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
वडा नं. ४ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र छ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको मृत्यु भएको परिवाजनले जानकारी दिएका छन् ।
खेल्न दिदीबहिनी दुबै जान एकै साथ घरबाट निस्किएका थिए । शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको अवस्थामा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।













प्रतिक्रिया