सिरहा, २१ असार। सिरहा जिल्लाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरी बलले एक भारतीय युवालाई ५ किलाे ४ सय ५० ग्राम अबैध गाजासहित पक्राउ गरेको छ ।
पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई भारतीय नम्बरको मोटर साइकलबाट गाजासहित पक्राउ गरेकाे हाे ।
मोटरसाइकलमा गाजा लुकाएर लैजाने क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको टोलीले गाजा सहित पक्राउ गरेको थियाे ।
पक्राउ परेका सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सशस्त्र प्रहरीका निरीक्षक शाहीले जानकारी दिए।













प्रतिक्रिया