बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालले एनआरएनए आइसीसी २०१९–२०२१ को लागि सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
व्यवसायी दाहाल एनआरएनएमा सक्रिय व्यक्ति हुन् । एनआरएनएका कार्यक्रममा उनी सधै सहभागी हुन्छन् ।
यही २८ जुनमा एनआरएन ओमानको अधिवेशनमा सहभागी हुन गएका दाहालले एनआरएनएका अभियन्ता र साथीहरूसँगको परामर्शमा आफूले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
दाहालले एनआरएनए बेल्जियमको महासचिव भएर कार्यकाल पूरा गरी अहिले २०१७–२०१९ मा अध्यक्षमा रहेर सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्दै छन् ।















प्रतिक्रिया