भक्तपुर, १९ असार । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बुधबार सकिएको विशेष नगरसभाले नगर प्रमुखमाथि छानबिन गर्ने प्रस्ताव पारित गरेको छ ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठको अनुपस्थितिमा भएको विशेष नगरसभाले श्रेष्ठले आफ्नो अधिकारभन्दा बाहिर गएर आर्थिक कारोबार तथा योजना सञ्चालन गरेको ठहर गर्दै उनीमाथि छानबिन गर्ने प्रस्ताव पारित गरेको हो ।
नगरका उपप्रमुख अञ्जनादेवी मधिकर्मीको अध्यक्षतामा भएको नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १६ को उपदफा ‘क’ मा भएको नगर प्रमुखको काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर नगर प्रमुख श्रेष्ठले आर्थिक कारोबार, तोक, आदेश र टिप्पणीका आधारमा फाइल उठाई योजना सञ्चालन गरेको ठहर गरेको छ ।
सोही ठहरको आधारमा प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने नपाका प्रवक्ता एवं वडा नं. २ का वडा अध्यक्ष राम थापामगरले जानकारी दिए । उनका अनुसार प्रमुख श्रेष्ठमाथि छानबिन गर्ने प्रस्ताव पारित गरे पनि उक्त छानबिन गर्ने समिति भने गठन गरिसकेको छैन ।












प्रतिक्रिया