१८ कार्तिक २०८३, बुधबार

आयुर्वेद पुनर्जागरणमा सरकार : सभामुख महरा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ असार । सभामुख कृष्णबहादुर महराले नेपालमा आयुर्वेदको इतिहास महत्वपूर्ण रहेको बताउँदै वर्तमान सरकार आयुर्वेद पुनर्जागरण अभियानमा लागेको बताउनुभएको छ ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर दाङको आयोजनामा आज तुलसीपुरमा आयुर्वेदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सभामुख महराले विगतमा कुनै चोटपटक अथवा बिरामी हुँदाको उपचार स्थानीय जडीबुटीबाट नै गर्ने प्रचलन रहेको स्मरण गर्नुभयो । “विगत जस्तै त्यो अहिले पनि कतिपय मानिसले प्रयोग गर्दछन् तर आधुनिक प्रविधि आइसकेपछि पछिल्नो समयमा आयुर्वेदको महत्व कम हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

“ग्याष्टिक हुँदा काँचो केरा खाने, काफलको जामुनोको बोक्राको रस खाने, घाँस काट्दा हात काट्यो भने दुदेपात लगाउनेजस्ता प्राचीन उपचारको विधि अझै पनि गाउँघरमा हुने गरेको छ”, सभामुख महराले भन्नुभयो । नेपाल प्राकृतिक स्रोतको धेरै सम्भावना भएको देश भएकाले यसकोे स्थानीयस्तरबाट संरक्षण र प्रर्वद्धन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद संस्थानका डिन डा सञ्जय पोख्रेलले विज्ञ जनशक्तिको अभावका कारण आयुर्वे्दिक चिकित्साको विकास हुन नसकेको बताउनुभयो । कार्यक्रमका प्रदेश स्वास्थ्य निर्देशनालयका आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेलले सातै प्रदेशमा ५० श्ययाको आयुर्वेद अस्पताल स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रस्तुत गरेको प्रस्तुतिमा आयुर्वेद, योगा र प्राकृतिक उपचार पद्धतिलाई राज्यका ७३३ स्थानीय तहमै लैजानुपर्ने सुझाव थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनस्वास्थ्यमा सबैको पहुँच पु¥याउनका लागि ठूलो परिवर्तनको अभियान सञ्चालन गरेर नगरका १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको जानकारी दिनुभयो । –रासस