काठमाडौं, ७ फागुन । डेनेब एकेडेमी र साइपाल एकेडेमी प्रथम स्वप्न वाटिका अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ को लिग खेलमा डेनेबले आयोजक स्वप्न वाटिका स्कुललाई २३–१६ ले पराजित गर्दै समूह विजेता बन्यो ।
डेनेबकी सबनम श्रेष्ठले ११ अंक जोडिन् ।
स्वप्न वाटिका पनि समूह उपविजेताका हैसियतले बुधबार सेमिफाइनलमा पुगेको छ ।
डेनिशा थापाको १२ अंक सहयोगमा साइपालले साउथ प्वाइन्टलाई २५–१८ ले हरायो ।
सेमिफाइनल डेनेब र इनोभेटिभ इङलिस स्कुल तथा स्वप्न वाटिका र साइपालबीच हुनेछ ।
जुनियर ब्वाइजमा पनि डेनेब दोहोरो जित रच्दै सेमिफाइनलमा प्रवेश ग-यो ।
डेनेबले न्युटनलाई २९–२१ ले पाखा लगायो । डेनेबका विप्लव राणाले १७ अंक जोडे । अर्को खेलमा डेनेबले प्रिन्सटनको चुनौती २३–११ ले समाप्त पा-यो ।
विप्लवले नै सर्वाधिक स्कोर गर्ने क्रममा ११ अंक बटुले ।
सेमिफाइनलमा डेनेबले इनोभेटिभ विरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल ओडिसी र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बीच हुनेछ ।















प्रतिक्रिया