१८ कार्तिक २०८३, बुधबार

नवलपुरमा दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय चालिसे 

कावासोती, १८ असार । नवलपुर जिल्लाको २ स्थानमा भएको सवारी दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था मध्यम रहेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत देवचुली नगरपालिका १६ कुमारवर्ती चोकमा लु २ ख १४९३ नम्बरको बसले बुधबार बिहान सोही ठाउँ बस्ने ७५ वर्षीय राधिका अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एंव डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा रखिएको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका फूलवारी चोकमा पश्मिबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ६३ नम्बरको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको छ । बाँकी १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुर्खेत जिल्ला बस्ने अन्दाजी २०–२५ वर्षका योगेस भारतीको बायाँ हात र शरीरमा चोट लागेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३०–३५ वर्षको मणिराम बरकको टाउकोमा चोट लागेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए ।