१८ कार्तिक २०८३, बुधबार

मिनिट्रक जलाएको अभियोगमा विप्लव कार्यकर्ता पक्राउ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १७ असार । मिनिट्रक जलाएको घटनामा संलग्न भएको आरोपमा नेकपा विप्लवका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-८ बोहोरे खोलामा गत २०७५ साल साउन २९ गते बेलुकी बा ४ख ८५१६ नं को मिनिट्रक जलाएको आरोपमा ४२ वर्षीय सागर तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका -६ का ४२ वर्षीय तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ ।

तिमिल्सिनालाई काठमाडौंको बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिर नजिकबाट महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरी नुवाकोट प्रहरीलाई बुझाएको हो ।