३० आश्विन २०८३, शुक्रबार

नेपालमा प्रयटक बढाउने लक्षसहित बेल्जियममा प्रचार प्रसार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई

बेल्जियम । करीव २० लाख पर्यटन भित्र्याउने लक्ष्यको साथ मनाउन गइरहेको भिजिट नेपाल २०२० अभियानलाई परिणाममुखी बनाउन बेनेलक्सको नेपाली दुताबासको अबिभाबकत्वमा व्यबसायी संघ बेल्जियमले प्रचार सामाग्री वितरण गर्ने कार्यको थालनी गरेको छ ।

बेल्जियममा रहेका हरेक नेपाली ब्याबसाय रहेको स्थलमा नियमित रुपले प्रयटन प्रचार सामाग्रीको स्ट्याण्ड बक्स राख्दै ब्याबशायी संघले प्रचार तिब्र पारेको हो। दुताबास सहित नेपाली व्यबसायी संघ बेल्जियमले नेपालको पर्यटन पर्बर्धन सम्बन्धी अडियो, भिडियो र फोल्डर्सहरु नेपाली व्यबसायीहरुको व्यबसायीक स्थलमा राख्ने अभियानलाई प्रोत्साहन गर्दै बेनेलक्सका नेपाली राजदुत महामहिम लोक बहादुर थापाले यो अभियानको आँफैले नेतृत्व गरेका थिए। त्यो अभियानमा ब्याबशायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला लगायतको ब्याबशायी टिमले नेतृत्वदायी भूमिका निभाएको देखिन्थ्यो ।

जुन ३० तारिक आइतबार यो टिमले बेल्जियमको आन्त्वेर्पेनमा रहेका धेरै नेपाली ब्याबशायीहरुबिच प्रचार सामाग्री वितरण गर्यो। ‘भिजिट नेपाल २०२० लाई सफल पार्न हामीले यो अभियान बेनेलक्स र अन्तमा युरोप भरि शुरु गर्नु पर्छ’ बेनेलक्स तथा युरोपिएन युनिएनका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापाले एक अनौपचारिक कुराकानीको क्रममा बताए ।