अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युगान्डाको अधिवेशन गत जुन १७ तारिकका दिन शनिबार सम्पन्न भएको छ ।
२०१७-१९ कार्यकालमा अध्यक्ष र उपाध्यक्ष रहदै आउनु भएका राजमणी भण्डारी र बिनोद थापा २०१९-२१ कार्यकालका लागि दाबेदार उम्मेदवारीका रुपमा प्रस्तुत भएका उनीहरू ११ मतले भण्डारी पछि पार्दै थापा बिजयी भएका हुन् ।
पर्यवेक्षक जिभनाथ पंगेनी ब्यवस्थापक नरेन शर्मा र संयोजक रमेश कंडेल गरी ३ सदस्यीय निर्वाचन समितिले सदस्यताका आधारमा ८२ मतदाता रहेको युगान्डामा ४५ सदस्यकाे उपस्थितिलाई निस्पक्ष शान्तिपूर्ण मतदान गराउदै सम्पन्न गरेको थियो । राजमणि भण्डारीको पक्षमा १७ मत खसेको थियो भने बिनोद थापाका पक्षमा २८ मत ।
महिला संयोजकमा परेको २ वटा उम्मेदवारी मध्य निर्वाचन समितिले फिर्ता लिन दिएको समयमा स्वत: स्फुर्त मिल्ने समय र समाजसेवा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै अहिलेको परिवेशमा आफूभन्दा वर्षा आचार्य क्षेत्री शर्मा योग्य रहेको भन्दै युगान्डामा अति मिलनसार महिला गरिमा बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
अन्य पदका लागि निर्बिरोध रहदै निम्न बमोजिम १५ सदस्यीय कार्यकारी समिती चयन भएको छ । समितिको अध्यक्षमा बिनोद थापा,उपाध्यक्षमा प्रेम श्रेष्ठ, महिला उपाध्यक्षमा तारा गिरी, महासचिवमा कमल दत्त भट्ट, सचिवमा धनराज गिरी, कोषाध्यक्षमा सन्जिव शर्मा, सहकोषाध्यक्षमा कल्पना अर्याल गैरे, महिला संयोजकमा वर्षा आचार्य क्षेत्री शर्मा, युवा संयोजकमा तेजेन्द्र बिवस तथा प्रबक्तामा निमेष श्रेष्ठ निर्वाचित भएका छन् ।















प्रतिक्रिया