१८ कार्तिक २०८३, बुधबार

गोदावरी खोला सरसफाई अभियानको १७औँ हप्तामा धान रोपियो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १५ असार । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फागुन २७ गतेदेखि सुरु भई १७ औँ हप्तासम्म आईपुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य नवराज सिलवालको उपस्थितिमा विभिन्न क्षेत्रका समाजसेवी तथा अभियन्ता धिरेन्द्र शाही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खड्का तथा त्यस क्षेत्रका बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमा प्रतिनिधिसभा सदस्य नवराज सिलवालले सरसफाई अभियानमा आफू र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

गोदावरी खोलालाई १ वर्षभित्र स्वच्छ खोला बनाउने लक्ष्य रहेको अभियन्ता चित्र सुनुवारले जानकारी दिए । ‘हाम्रो लक्ष्य भनेको गोदावरी खोलालाई प्रदुषणमुक्त, सुरक्षित र सफा राख्नु हो, जसले गर्दा वातावरण सन्तुलित हुनुका साथै जनजीवन पनि स्वस्थ रहन्छ’, अर्की अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले बताए ।

सरसफाई अभियानमा फोहोर व्यवस्थापनको काम नेप्को नेपालले गरेको छ ।