३० आश्विन २०८३, शुक्रबार

अब निःशुल्क इन्टरनेट चलाउनुस !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Internet...काठमाडौं, ६ फागुन । इन्टर सेवा कम्पनी गुगलले अब सित्तैमा इन्टरनेट सेवा दिने योजना अघि सारेको छ । विशेषगरी विकासोन्मुख देशहरुमा गुगलले सित्तैमा इन्टरनेट सेवा दिने जनाएको हो ।

गुगलले विकासोन्मुख देश नेपाल, इन्डोनेसिया, भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशहरुमा सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरेको छ । यी विकासोन्मुख देशहरुमा चर्को शुल्कले इन्टरनेटको पहुँच धेरै सर्वसाधारण पुग्न नसकेको ठहर गर्दै गुगलले निःशुल्क इन्टरनेट दिने अभियान सुरु गर्न लागेको छ ।

स्मार्टफोन ‘एन्ड्रोइड वान’ सार्वजनिक भएका देशमा यो फोन प्रयोगकर्तालाई लक्षित गर्दै निःशुल्क इन्टरनेट दिने अभियान चलाउन लागेको हो । यसका लागि गुगलले भारतका बिभिन्न मोबाइल सेवा प्रदायक र एप्स निर्माताहरुसँग छलफल गरेर योजना कार्यान्वयन गर्ने बुझिएको छ ।

योजना कार्यान्वयन भएमा गुगलको अगुवाईमा मोबाइल सेवा प्रदायकहरुले ग्राहकलाई निश्चित एप्स चलाउँदा पैसा नलाग्ने बनाउने छ । एप डाउनलोड गर्दा र प्रयोग गर्दा लाग्ने खर्च गुगलले टेलिफोन सेवा प्रदायक कम्पनीलाई तिर्नेछ ।

यसरी विकासोन्मुख देशका नागरिकले सित्तैमा यो सेवा पाउन लागेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सीको सहयोगमा