विदुर, १२ असार । नुवाकोटको ककनी गाउँपालिकाबाट तीन किलो २०० ग्राम गाँजा जस्तै देखिने लागुऔषध प्रदार्थ ओसारपसार गर्ने क्रममा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर घर भएकी १७ युवती किशोरीले जेब्रा झोलाभित्र परालले बेरी लुकाएर लादै गरेको अवस्थामा नापतौलअनुसार उक्त तौलको ३४ थान लागुऔषध गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
ककनी–२ स्थित खानी खोलाबाट काठमाडाैंतर्फ लैजाँदै गरेका अवस्थामा लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए ।
लागुऔषध ओसारपसारमा यवती मात्र नभई अन्य चार जनाकोसमेत संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले उनीहरुको खोजी भइरहेको जानकारी दिए ।












प्रतिक्रिया