
इटहरी, ११ असार । व्यावसायमा छिर्नु यसै पनि चुनौतिको काम हो । तर, मजदुरी गरेर जीवनको मध्यकालमा सफल युवा व्यावसायी हुनु र नेतृत्वको दाबीसम्म गर्नु भनेको अभूतपूर्व सफलत हो ।
यसैको पयार्य हुन्, फडिन्द्र मगर । जो उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदका उम्मेदवार पनि बनेका छन् । चुनाव १४ असारमा छ । अहिले चुनावी प्रचारमा सक्रिय छन् । उनी व्यावसायका लागि लगानीको खाँचो हुने तर विवेक पनि सँगै चाहिने कुरामा विश्वास गर्छन् । कतिपय अवस्थामा लगानी हुनेसँग विवेकको कमी र बुद्धि हुनेसँग लगानीको खाँचो हुँदा तालमेल नमिलिरहेको देख्छन् । यहि तालमेल मिलाउने उद्देश्य उनले राखेका छन् ।
भन्छन्,‘व्यावसायीक आर्थिक संकट न्युनिकरण हुनुपर्छ भन्ने मेरो मान्यता हो । उद्योग वाणिज्य संघबाट यस्ता समस्या न्युनिकरण हुन सक्छन् भनेर त्यहाँसम्म जान सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’
उनी प्रगतिशील विचारधारामा विश्वास गर्छन् । यसैले शैलेश विष्ट नेतृत्वको प्यानलको ८ औं नम्बरमा सदस्यका रूपमा उनको नाम छ । ‘संघमा पुगे आर्थिक लगानीका लागि सोच बनाउनेहरूका लागि काम गर्ने अवसर पाउने थिएँ भन्ने मात्रै हो’, उनी भन्छन्,‘यो सोच मेरो भोगाईका माध्यमबाट नै जागृत भएको हो ।’
२०६२ देखि ६८ सालसम्म काठमाडौंको एउटा सहकारीमा रोजागारी गरे । उनलाई यसले सहकारी ज्ञान र व्यवस्थापनसहित नेतृत्व कसरी गर्ने भन्ने सीप दियो । त्यसैले एउटा सहकारीलाई सफलताका साथ चलाइरहेका छन्, इटहरीमा । २०६८ तिर इटहरीमा अम्बे बचत तथा ऋण सहकारी संस्था उनैले स्थापित गरे । अहिले उनी सञ्चालक समितिका अध्यक्ष छन् ।
मगर ब्राण्डेड फेसन वेयर, निर्माण सम्बन्धि काम गर्ने लाफा सप्लायर्स एण्ड कन्ट्रक्सन कम्पनी पनि चलाउँछन् ।
लगानी र आम्दानीको बिषय उनलाई विश्वविद्यालयले भन्दा पहिले समयले सिकायो । १६ बर्षको हुँदा बुबाको निधन भयो । एसएलसी दिनासाथ र खोटाङ–हलेसी लोकमार्गको बाटो खन्ने मजदुरको काम गरेका थिए । त्यहि मजदुरीले काठमाडौं छिरायो, सहकारी सिकायो र व्यावसायमा लम्किने बाटो पनि खन्यो ।
१५ असार, २०४६ मा जन्मिएका मगरलाई जन्मदिनभन्दा एक दिन अघि हुने चुनावले सपनाको स्थानमा पुर्याउनेमा विश्वास छ ।












प्रतिक्रिया