१८ कार्तिक २०८३, बुधबार

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, १० असार । झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेटअनुसार रु ११ करोड ९७ लाख २२ हजार चालू तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ ।

गत आवको तुलनामा आगामी वर्षका लागि रु ११ करोड बढीको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले आगामी आव २०७६÷७७ का लागि रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ ।

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले पनि आजै रु एक अर्ब ५ करोड ९० लाख ३९ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सोही आवका लागि रु ८७ करोड ५४ लाख पाँच हजारको बजेट प्रस्तुत गरिएको बताउनुभयो । यसैगरी, गौरीगञ्ज गाउँपालिकाले रु ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । –रासस