
रौतहट, १० असार । रौतहटको चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई जना प्रहरी जवान सञ्जय कार्की र अजय साह र दुई थुनुवा पनि गम्भीर घाइते भएका छन् ।
थुनुवाको समयावधि थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार दिउँसो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार, गम्भीर घाइतेहरुको वीरगञ्जमा उपचार भईरहेको छ भने सामान्य घाइते ४ प्रहरी र २ थुनुवाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया