
चितवन, १० असार । नेपाली काँग्रेसका युवाहरु नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
मंगलबार विहान आयोजित कार्यक्रकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
उनीहरु सबै पूर्वी चितवनमा काँग्रेसका सक्रिय कार्यकर्ता रहेका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले काँग्रेसबाट नेकपामा प्रवेश गरेका युवाहरुलाई स्वागत गरे ।
राजनीतिक एकताका लागि, जनताको समृद्धिको आकाक्षा पुरा गर्न र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्नका लागि नेकपासँग जोडिनुको विकल्प नभएको प्रचण्डले बताए ।












प्रतिक्रिया