१८ कार्तिक २०८३, बुधबार

सिन्धुलीमा कार दुर्घटना, दुई जनाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १० असार । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

खोटाङ हलेसीबाट काठमाडाैं जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर सुनकोशी नदीको बगरमा खस्दा काठमाडाै. महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उहाँकी बुहारी ४५ वर्षकी हेमा लामिछानेको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक ५८ वर्षीय दीपक लामिछाने (हेमाको श्रीमान्) र २६ वर्षीय आस्था लामिछाने (अच्युतको छोरी) घाइते भएको र उनीहरूलाई उपचारको लागि काठमाडाैं पठाइएको सिन्धुली जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।