काठमाडौं, १० असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
सोमबार साँझ दक्षिण कोरियन सरकारको निम्तोमा महासचिव पौडेलले चार दिने भ्रमणका लागि गएका हुन् ।
भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने नेकपाका कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जनाएका छन् ।
अर्थविद प्रा डा गोविन्द नेपालका साथमा सोमबार साँझ कोरियातर्फ लागेका महासचिव पौडेल असार १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठ र जनमत पार्टीका संयेाजक सीके राउत सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा पौडेललाई विदाई गर्न पुगेका थिए ।












प्रतिक्रिया