३० आश्विन २०८३, शुक्रबार

नशालु पदार्थ सेवक अपराधी होइन बिमारी हुन्ः सिक्किम ड्रग्स युजर्स फोरम

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । नशालु पदार्थ सेवनकर्तालाई सजाय होइन सहयोग दिनुपर्छ भन्दै नशाखोरीमा संलग्न युवाहरूको निम्ति ‘सिक्किम ड्रग्स युजर्स फोरम’-ले आवाज उठाउन शुरु गरेको छ ।

सिक्किममा बड्दो नशालु पदार्थ प्रयोग र बेचविखानमाथि राज्य सरकारले लागु गरेका कानुनहरू सोच विचार नपुऱ्याइ बनाइएको र यसलाई धेरै अनुसन्धान गरेर संसोधन गर्नुपर्ने उनीहरूले माग उठाएका छन् ।

गान्तोकको एउटा होटेलमा फोरमद्वारा आयोजी पत्रकार सम्मेलनमा फोरमकी अध्यक्ष रिञ्जिङ भोटियाले नशालु पदार्थ सेवनमा संलग्न युवाहरूमाथि भेदभावको नजरले हेर्ने गरेको र उनीहरूलाई समाजले अलग दर्जा र नाम दिएर राख्ने गरेका कुराहरूमा खेद प्रकट गर्दै उनीहरूलाई सजाय होइन सहयोग पुऱ्याउने अपील गरेकी छिन् ।

नशा प्रयोग गर्नेहरूलाई बिना गल्ती नै सजाय दिइएको र उनीहरूले आफ्नो बोल्ने अधिकार पनि गुमाइ सकेका थिए भन्दै फोरमले यस्ता असहायहरूको पक्षमा सधैं आवाज उठाउने बताएकी छन् । उनले नशा खाने व्यक्ति होस या खाएर छोडेको होस उनीहरू दुवैलाई समाजले हेपाइको नजरले हेर्ने गरेको पनि बताइन् ।

नशालु पदार्थ सेवनमा संलग्न महिलाहरूलाई पनि उनले आफ्नो आफ्नो उपचारको निम्ति नहिच्किचाइ अघि आउने र उनीहरूलाई परिवारले पनि नलुकाएर उपचारको निम्ति बाहिर निकाल्ने अपील गरिन् ।

आफू र आफ्नो सोचाईलाई गलत र दोषि मानेर बस्दा आफै खेर गइनेछ भन्दै अध्यक्ष भोटियाले यो बिमारबाट बाहिर निस्किन आफै अघि सर्नुपर्ने बताइन् । उनले नशाखोरी एउटा बिमारी हो भन्दै समाजमा यसलाई जति लुकायो त्यति बडेर जाने सम्भावना रहेको पनि बताइन् ।