७ कार्तिक २०८३, शनिबार

नेपालमा ठूलो संख्यामा उज्वेकी युवतीकाे अवैध बसोबास, एक जना देश निकाला

35.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ९ असार । उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन् ।

भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन ।

नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन विभागले मेसिन रिडेबल भिसा लागू गर्न सकेको छैन। त्यही भएर आपराधिक मानसिकता लिएर नेपाल आउने विदेशीले भिसा दुरुपयोग गर्ने गरेका छन् ।

उज्वेकिस्तानी युवतीले भारत जाँदा नाका छलेको हुन सक्ने अध्यागमनका अधिकारीको अनुमान छ। भारतबाट नेपाल फर्किने भिसा थिएन। त्यसपछि उनले राहदानीमा रहेको म्याद गुज्रिएको भिसा ‘स्क्यान’ गरिन् ।

त्यसको प्रिन्ट निकालिन्। त्यसमा उनले किर्ते गरेर भिसाको म्याद र आगमन मिति सच्याइन्। त्यी स्क्यान भिसा आफ्नो राहदानीमा टाँसिन्। भिसा नम्बर त्यही राखिन्। उनी जेठ ३२ गते किर्ते भिसामा भारतबाट काठमाडौं उत्रिन् ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले भिसामा केरमेट गरिएको देखेपछि तत्काल पक्राउ गरी अध्यागमन विभागमा पठाए। विभागका प्रवक्तासमेत रहेका निर्देशक रामचन्द्र तिवारीले उज्वेकी युवतीलाई निष्काशन गरिएको पुष्टि गरे ।