३० आश्विन २०८३, शुक्रबार

तीन वटा उपचुनाव जितेर हामी फेरि सत्तामा आउने छौंः पवन चामलिङ

10.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । केही महिनाभित्रमा सिक्किम विधानसभाका निम्ति हुने तीन वटा निर्वाचन क्षेत्रको चुनाउ जितेर एसडीएफ पार्टीलाई फेरि सत्तामा पुऱ्याउने सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले ठोकुवा गरेका छन् ।

इन्दिरा बाइपासस्थित एसडीएफ पार्टीको मुख्यालयमा उत्तर अनि पूर्व जिल्लाका निम्ति आयोजित २७औं क्रान्ति दिवसको कार्यक्रमलाई सम्बोधनमा गर्ने क्रममा उनले भने, ‘२-४ दिन सरकार बाहिर बस्यौं भनेर कसैले हतास हुने काम छैन । प्रजातन्त्रमा सरकारमा हुने बाहिर जान्छ अनि बाहिर हुने सरकारमा आउँछ। यस कारण हामी क्रान्ति दिवसमा यही प्रण गर्नुपर्छ आगामी उपचुनाउ जित्नु पर्छ अनि फेरी सरकारमा फर्किने दह्रिलो बाटो बनाउनुपर्छ।’

सिक्किमे जनता अहिले पनि एसडीएफ पार्टीकै पक्षमा रहेको कुरालाई नकार्न नसकिने बताउँदै उनले गएको आम चुनाउमा पनि एसडीएफ पार्टीलाई जनताले अधिक मतदान गरेका थिए भने आगामी उपचुनाउले सिक्किमे जनतालाई एसडीएफ चाहिएको रहेछ की एसकेएम यसले मात्र सही फैसला गर्ने उनले बताए ।

गएको चुनाउमा भएको हारको जिम्मेवारी लिँदै पार्टी अध्यक्ष चामलिङले अब कसैले कसैमाथि दोष नलगाउन सल्लाह दिए ।

एसकेएम एसडीएफ पार्टी भन्दा राम्रो भएर चुनाउ जितेको होइन हाम्रै एसडीएफ पार्टीको कारणले हारेको भन्दै हारको कुरालाई बिर्सिएर तीन वटा सीटमा कसरी जित्न सकिन्छ त्यो सोच्नु पर्ने उनले बताए ।

‘म मृत्युलाई जित्न सक्दिन त्यो मात्र असम्भव हो मेरो जीवनमा भन्दै पार्टी अध्यक्ष चामलिङले उक्त तीन सीटलाई जित्न सम्भव बनाउनु नै आजको क्रान्ति हो’, उनले भने ।