३० आश्विन २०८३, शुक्रबार

मुख्यमन्त्री गोलेलाई मिल्यो फुटबलर भाइचुङ भोटियाको समर्थन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-जगन दाहाल

गान्तोक, ८ असार । सिक्किम विधानसभा चुनावमा हारको सामनापछि भारतीय फूटबल टिमका पूर्वकप्तान भाइचुङ भोटियाको नेतृत्वमा रहेको हाम्रो सिक्किम पार्टीले चुनाव पछिको पहिलो पत्रकार सम्मलेन गरेको छ ।

आफ्ना पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता विराज अधिकारीको साथमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफूहरूले सिक्किमको नयाँ सरकारलाई समर्थन दिने र उनीहरूसँग मिलेर काम गर्ने बताएका छन् ।

पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले जनताले दिएको जनमतलाई सम्मान गर्दै एसकेएम पार्टी अनि मुख्यमन्त्री गोलेलाई बधाई दिए । चुनावपछि आफ्नो पार्टीले धेरै कुराहरू सिक्न पाएको बताउँदै भने, ‘हामीले सिक्किमको चारवटा मुद्दाहरू सिक्किमको हितमा राजननीति अनि दोस्रो सफा राजनीति गर्ने कुरालाई जारी राख्ने छाैँ ।’

उनले एसकेएम सरकारले सिक्किमको हितमा काम गर्छ भन्ने आशा रहेको बताउँदै उनले हाम्रो सिक्किम पार्टीका नेता, जनता र कार्यकर्ता सम्मले सहयोग पुऱ्याउने बताए । उनले जनताले आफूहरूलाई यस चुनावमा ठूलो प्रकारले मेहनत गर्नुपर्छ भन्ने सन्देश दिएको बताउँदै आगामी दिनमा पार्टीका सम्पूर्ण भातृसंगठन अनि कार्यकर्ताहरूलाई बोलाएर सभाको आयोजन गरेर आगामी दिनको निम्ति सल्लाह मस्याैदा गर्ने बताए ।

उनले केन्द्रमा पनि नयाँ सरकार गठन भएको कारण आफूहरू दिल्ली गएर केन्द्र सरकारसँग भेट्ने योजना रहेको र एसकेएम सरकारले दिल्लीमा गएर सिक्किमको हितमा राखिएको आर्थिक समस्यामाथि पनि आवाज उठाउने बताए ।

पत्रकारद्वारा उपनिर्वाचनको विषयलाई लिएर गरिएको प्रश्नको उत्तरमा उनले यस विषयमा चाँडै पार्टीका नेतृत्व पङ्तिसँग सभाको आयोजना गरि यस विषयमा चर्चा गर्ने बताए ।  वर्तमान लोकसभा सदस्य इन्द्र हाङ सुब्बाको विषयमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, ‘हामी सिक्किममा क्लीन पोल्टिक्स गर्न चाहन्छौं। हामीहरू सिक्किमको हितमा सिक्किमको निम्ति सफा राजनीति गर्ने विचार थियो। त्यो मुद्दासँग उनीहरूको मुद्दा नमिल्दा धेरैवटा पार्टीमा हाम्रो सपोर्टरहरू गए तर हामीले हाम्रो मूल्य राखेर चल्दा धेरै कुराहरू सिक्न पायौं । हार्नमा हामीले धेरैवटा कारणहरू चाहिन्छ हाम्रा हार्नका कारणहरू सुधार्ने र कम्जोरीहरूमाथि चर्चा गर्छाैँ ।’

यसरी नै प्रवक्ता विराज अधिकारीले पूर्वमुख्यमन्त्री पवन चामलिङले सिक्किमको सेण्टिटिमाथि ध्यान नदिएको आरोप लगाए । उनले सिक्किमको पुराना मुद्दाहरूमा एसकेएम सरकारले चाहे सिक्किम पार्टीले सहयोग गर्ने र यदी सरकारले गल्ती गरेको खण्डमा बाहिरबाट आवाज उठाएर पनि वर्तमान सरकारलाई नै सहयोग पुऱ्याउने बताए।