३० आश्विन २०८३, शुक्रबार

रक्तदान गर्न अर्जुन मैनाली अफ्रिकामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रक्तदान यात्रा स्मरण: अर्जुन मैनाली

बिरामीहरुलाई रगत दिएर बच्चाउनु संसार भरमा एक सामान्य चिकित्सा उपचार हो । यस्तो भएता पनी धेरै बिरामीहरुले समयमा नै रगत नपाएर जीवन गुमाउने गरेका हामीले सुन्दैआएका छौं । केहीलाई भए पनि मेरो आफ्नै रगत दीइ बचाउँ, केहीलाई रक्तदान गर्न हौषला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा गरुँ भन्ने भावनाले पटक पटक अफ्रिकाको मलावी, युगान्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।

अफ्रिकामा अझबढी सेवा गर्न मैले अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजन संस्थाको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउनलागेको थाहा पाएँ । मैले तुरुन्तै रुवान्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा जेनिन कोन्डोसँग संपर्क गरेँ ।

उनले मलाई ईमेल लेखे, ‘यस बर्षविश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दै छौ, जुन १३ – १४ सम्म हुने उक्त कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान “सबै को लागि सुरक्षितरगत” गर्न को लागि एक उपाय बिषयमा बोलिदिनु पर्यो।’ मैले तुरुन्तै जवाफ दिदै, ‘हुन्छ, म आउछु’ भनेँ । मैले नाइँ भन्ने कुरै नै भएन । यो मेरो लागि ठुलो अबसर पनी थियो ।

न्यू योर्कबाट रुवान्डा जान सिधा हवाइजहाज सेवा भएको भए करीब १० घण्टामा पुग्थेँ होला । त्यस्तो नभएकाले हवाइ जहाजले रुवान्डा भन्दा पनि धेरै टाढा कतार लग्यो । त्यहाबाटअर्क्रो हावाइजहाजले फर्केर रुवान्डा ल्याउँदा २२ घण्टा लाग्यो । थकाईले लखन्तराण भएको थिएँ । त्यहाका युवाहरुमा रक्तदान गर्न हौषला बढाउन उनिहरुका सामुन्ने नै मैले रगत दिनथकाईको वास्ता नगर्दै ब्लड बैन्कमा गएर रक्तदान गरेँ ।

त्यसपछl त्यहा उपस्थित करीब एक दर्जन जती युवाहरुमा अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु पर्दा मलाईकरुणा लाग्यो । त्यसैले, मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भए पनि बच्चाउन र तपाईं उपस्थित युवाहरुमा पनि कम्तिमा बर्षको एक पटक भए पनि रक्तदान गर्न उत्प्रेरणा गरुभन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो भनेँ ।

भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डे को एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्य मन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधन गर्दै आफुले रक्तदान र रक्तदानउत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान “सबै को लागि सुरक्षित रगत” गर्न को लागि एक उपाय बिषयमा १८ वटा पावर प्वाइन्ट स्ल्याइड मार्फत कुराहरु प्रस्तुत गरेँ । ‘मैले३२ बर्ष यता १७१ पटक रक्तदान गरी सकेछु । मैले दान गरेको रगतको करीब ८५ हजार मिलिलिटर परीमाण हुन आउछ । मेरो आफ्नै रगतले मात्रै करीब ५१३ जना सम्मलाई बच्चाउनसहयोग हुन्छ’ भनेको थियँ । रक्तदान गरौँ भन्ने लाखौँमा सन्देश पुर्याएँ, सयौ रक्तदान कार्यक्रम राखेँ, हजारौ पोका रगत सन्कलन गर्न सघाएँ। दिवा भोजको समयमा धेरैले मेरो कामकोतारिफ गरे ।

पर्सीपल्टको कार्यक्रममा रुवान्डाका करीब २५० जना रक्तदाताहरु पनि थपिय । त्यही बेलामा आयोजक, केही अतिथी र म पनि बाहिर ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागतगर्दै रक्तदान कार्यक्रम चली रहेको ठाउमा गयौ । मन्त्रिले कार्यक्रम बढो रुचिका साथ अवलोकन गरी रहेका थिय । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधेँ । समय धेरैलाग्ने हो कि भन्दै मन्त्रिले रक्तदान गरे । रुवान्डामा बिरामी भएका जनतालाई मन्त्री आँफैले रक्तदान गरेर बच्चाउन प्रयास गरे, त्यहाँका युवाहरुमा रक्तदान गर्न सन्देश गयो भन्ने मलाईलाग्यो ।

दिउसो, कार्यक्रम आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । यो अबसर मेरो लागि अर्को राम्रो अबसर थियो । मैले बोल्ने टिप्पणी हरायकोले बोल्ने क्रममा उत्प्रेरणागर्न महत्व राख्ने मुख्य मुख्य कुराहरु नै छुटे । म पछुताएँ । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी मन्त्रिले म लगाएत देश बिदेशका बिभिन्न १५ जनालाई सम्मान गरे । मलाई सम्मानगरिएको प्लेकमा ‘बिरामिहरुको जीवन बच्चाउन तपाईंले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्क्रित गर्न पाउदा खुशी छ’ लेखिएको थियो ।

यसरी दुईदिनको समयमा अफ्रिकाका युवाहरुमा रक्तदान गरी रहन जुरुक जुरुक गराएँ । मेरो कृयाकलापलाई स्थानिय टेलिभिजन, समाचार पत्रहरुले महत्व दिएका थिय ।

आफ्ना यि कार्यहरुलाई सोसिएल मिडिया, फेसबुकमा राखेँ । करीब तीन हजार दुइसय जनाले हेरेछन । २६० जनाले मनपराउनुको साथै ३० जनाले साझेदारी गरेछन । त्यसमद्धे केही ले’राम्रो काम, प्रेरणात्मक, कस्तो सपर्पण,मानवताको प्रत्यक्ष उदाहरण, असली नायक’ जस्ता कुराले टिप्पणी गरेछन । अझ मैले काम गर्ने कम्पनिका प्रमुखले ‘अर्जुनले मिशन पुरा गर्नअद्भुत र अर्को अवीश्वासनिय यात्रा गरेका छन’ लेखेका थिय ।

अफ्रिकाका धेरै देशहरुमा राष्ट्रिय रक्त संचार सेवाहरुले बिरामीहरुको लागि चाहिय जती रगत संकलन गर्न सकेका छैनन । यस्तो अवस्थामा मेरो उपस्थिती तथा रक्तदान उत्प्रेरणाकाप्रयासले थोरै भए पनि रक्तदाता बढ्न सके भने म आफुलाई धन्य सम्झिने छु ।