३० आश्विन २०८३, शुक्रबार

अब ऐनसेलबाट विदेशमा सस्तोमा फोन गर्नुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell-tower

काठमाडौं, ४ फागनु । नेपालबाट विदेश फोन गर्न ऐनसेलले सस्तो सेवा सूचारु गरेको छ । नेपालको सेवा प्रदायक कम्पनी ऐनसेलले विदेशमा फोन गर्ने शुल्क घटाएको हो ।

ऐनसेलबाट चीन, हङकङ र दक्षिण कोरियामा फोन गर्दा शुल्क कम लाग्ने भएको हो । अब ऐनसेल प्रयोगकर्ताहरुले तीनवटै देशमा अन्तर्राष्ट्रिय कल सस्तो पाउने छन् ।

फागुन ६ देखि बुधबारदेखि लागु हुने नयाँ शुल्कमा ऐनसेलका प्रीपेड तथा पोष्टपेड ग्राहकले करबाहेक प्रतिकल ३ रुपैयाँ ९९ पैसामा मात्रै फोन गर्न सक्ने सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ । मूल्य समायोजन नहुदा यी देशमा अन्तर्राष्ट्रिय कल प्रतिमिनेट ६ रुपैयाँ लाग्थ्यो ।

चीन, हङकङ र दक्षिण कोरियामा नेपालीहरुको केन्द्र बनेपछि ग्राहकलाई चीन, हङकङ र दक्षिण कोरियामा रहेका प्रियजन तथा व्यवसायसँग अझै सहज र सुलभरुपमा सम्पर्कमा रहिरहन सहलियत दिने उद्देश्यले एनसेलको नयाँ कल शुल्क सार्वजनिक गरेको हो ।

अर्थात सुल्क घटाएको हो । एनसेलका कर्पोरट संवाद विज्ञ मिलन शर्माले ग्राहकलाई सुलभ सञ्चार सेवा प्रदान गर्ने लक्ष्य अनुरुप अन्तराष्ट्रिय कल महसुल घटाएको जानकारी दिनुभयो । यसअघि ऐनसेलले अन्य मुलुकको पनि शुल्क घटाइसकेको छ ।