२८ आश्विन २०८३, बुधबार

यस्ता लक्षण देखिएमा सावधान ! क्यान्सर हुन सक्छ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cancer-degees

एजेन्सी/नयाँदिल्ली । मानव जिवनको सबैभन्दा ठुलो सम्पत्ति उसको शरीर हो । शरीर स्वस्थ भए सबै कुरा त्यो मानवले हासिल गर्न सक्छ । एक अध्ययन अनुसार शरीरमा १३ अप्ठे्रो लक्षण देखिएमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

अध्ययनका अनुसार १३ बुँदा एकैसाथ शरीर लागू हुन थाले क्यान्सर हुने प्रवल सम्भावना हुन्छ । क्यान्सर भएको थाहा पाउन यी बुँदाहरु याद गर्नुहोस ।

१) शरीरको कुनै भागमा सानो सानो घाउँ, त्यो परिवर्तन हुनु ।

२) गालामा सधै अप्ठेरो महसुस गर्नु । सधै खोकीरहनु ।

३) लामो समयसम्म खोकी वा आवाजमा असजिलो तथा भारी हुनु ।

४) मुख वा मसलमा परिवर्तन वा छालामा नयाँ धब्बा आउनु ।

५) खाना खादा वा पानी पिउँदा निल्ने बेला गालामा लगातार समस्या आउनु।

६) लगातार शरीर दुख्नु ।

७) मलद्धवार वा पिसाब फेर्दा हुने परिवर्तन।

८) मुख वा नाकबाट रगत आउनु ।

९) मलद्धारा वा पिसाब फेर्दा रगत आउनु ।

१०) भोक नलाग्नु र लगातार तौल घट्नु ।

११) लामो समयसम्म विना कारण खोक्दा खकार आउनु ।

१२) सधै थकाई लागेको महसुस हुनु ।

यी लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । क्यान्सर पहिलो चरणमा उपचार हुन सक्ने डाक्टरहरु बताउछन् ।