१८ कार्तिक २०८३, बुधबार

दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, २ असार । हेटौँडाबाट पथलैया जाँदै गरेको यात्रुवाहक बस हेटौँडाको चुरियामाई मन्दिरनजिक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ५ ख ४०१५ नम्बरको बस सडकबाट खोलामा खस्दा हेटौँडाकी २५ वर्षीया पार्वती अधिकारीको मृत्यु भएको हो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ । उनीहरुको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा छ जना गम्भीर घाइते भएकाले भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको बस घुम्तीमा अनियन्त्रित भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । –रासस