३० आश्विन २०८३, शुक्रबार

पाल्पा महोत्सवमा चार करोड बढीको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-money-taxपाल्पा, ५ फागुन । पाल्पा महोत्सवमा रु चार करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

सदरमुकाम तानसेनमा शुक्रबारदेखि महोत्सव सञ्चालन भएको हो । महोत्सवमा तीनवटा मोटरसाइकल, दुईवटा डोजर र ट्र्याक्टरलगायतका कारोबारबाट रु चार करोडभन्दा बढीेको व्यापार भएको पाल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

महोत्सवको चौथो दिन सोमबारसम्म रु ४५ हजारको टिकट बिक्री भइसकेको प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले बताउनुभयो ।

हिमाली चौँरीगाई, माछापालन नमुना व्यवसाय, सानो चिडियाखाना, च्याउखेती र कुडुले घरको फोटो प्रस्तुतिले महोत्सव अवलोकनकर्तालाई आकर्षित गरेको संयोजक घिमिरेले बताउनुभयो ।

मंगलबार महोत्सवमा गायक पुरुषोत्तम न्यौपाने, पुष्कर शर्मा, राधिका हमालको विशेष प्रस्तुति राखेका छन् । प्रख्यात कलाकारको प्रस्तुतीमा दर्शकहरु छमछमी कम्मर मर्काएर नाचेका थिए । रासस