काठमाडौं । परराष्ट्र मन्त्रालयले लामो समयदेखि रिक्त ६ देशका राजदूत नियुक्तिकोे तयारी गरेको छ । बिहीबार बसने मन्त्रिपरिषद्ले राजदूत नियूक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कर्मचारीको कोटाबाट राजदूत हुनेको नाम सिफारिसका लागि बिहीबार मन्त्रिपरिषद्मा पेस गर्ने मन्त्रालय स्रोतले बताएको छ। हाल १६ देशमा राजदूत रिक्त रहेको छ । असंलग्न राष्ट्रहरुको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री पाण्डे सोमबार अल्जेरियातर्फ जाँदै छन् । त्यसअघि नै परराष्ट्रकै कर्मचारुी कोटाका राजदूत मन्त्रिपरिषदबाट सिफारिस गराउने तयारीमा पाण्डे लागेका मन्त्रालयले जनाएको नयाँ पत्रिकामा खबर छ ।
३२ वटा नेपाली कूटनीतिक नियोगमध्ये १० वटामा परराष्ट्रका कर्मचारी राजदूत छन् भने ६ वटामा राजनीतकि तहबाट नियुक्ति भएका छन् । राजनीतिक र परराष्ट्रका कर्मचारीबाट ५०/५० प्रतिशत राजदूत बनाउने नीतिअन्गर्त मन्त्री पाण्डेले बिहीबार ६ जनाको नाम मन्त्रिपरिषदमा पेस गर्न लागेका हुन् ।














प्रतिक्रिया