– विजय थापा
डिसी, अमेरिका । वाहिर सिरेटो हावा चल्दै थियो । म पनि त्यही हावामा रमाउँदै थिए । त्यसैवेला नेपालमा प्रख्यात गायकलाई मैले त्यही हावामा रम्दै गरेको देखे । ती गायक हुन् मधु क्षेत्री । नेपालका वरिष्ठ गायक पनि हुन् ।
झण्डै शून्य तापक्रममा उहाँसंग मेरो भेट भयो । मौसमको तापक्रम हेर्दा ०.१० डिग्री सेल्सियस पुगेको देखायो । त्यही समयमा मैले नेपालका वरिष्ठ गायक क्षेत्रीलाई भेटेको थिए । अमेरिका आउनुभएका उहाँसंग मैले कुराकानी गर्ने अवसर पनि पाएको थिए ।
वरिष्ठ गायक क्षेत्रीले आफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट पनि धेरै गितहरु समर्पित गरे सकेको उहाँको संगको कुराकानीमा थाहा पाए । सङ्गिगको दुनियाँ करिब ४ दशक लामो समयदेखि संलग्न रहनुभएका
नेपालका वरिष्ठ गायक मधु क्षेत्रीसंग अमेरिकाको डिसी महानगरमा कुराकानी गर्ने अवसर हामीले पायौं ।
डिसीमा सुन्य तापक्रम भन्दा झन्डै १० डिग्री तल तापक्रम भएको बेलामा भेट्ने साईत जुर्यो । हिमपातलाई वास्ता नगर्दै आफुले बिगत ४० बर्ष देखि आफुले गाएका अत्यन्तै लोकप्रिय गीत गुनगुनाउन चाहना राख्नुभयो ।

५ महिना देखि अमेरिकामा रहदै आउनु भएका गायक मधु क्षेत्रीले ….फुलै फुल मात्र पनि, हैन रहेछ जीवन, ….पानी खाने निउले तिम्रो घर आउला, …हुरीले उडाउन सकेन, ….साईली र माहिली पैला गए छन् बाउ बाजेको नाकै काटेर, गीत गाउदै आफ्ना प्रसंशक तथा दर्शकलाई समर्पित गर्नु भएको छ । भन्ने पनि जानकारी पाए ।
झन्डै ३ सय ५० जति गित गएको बताउदै नेपाल रेडियोको स्वर परीक्षणमा आधुनिक गीतमा उर्तिण गरेको गायकलाई फुच्चे देखेर बाल गीतको अभिलेखन रेकर्ड्स गर्न लगाईएको ईतिहास सुनाउदै अमेरिकामा रहेता पनि गीत र संगीतलाई प्रबद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको सुनाउनुभयो ।
अझ पनि साधनाको रचनामा लागिरहेको छु भन्दै कालान्तरमा गीत पस्कने बचन बद्धता सहित पुरा गीत गाउन नसके पनि यी गीतले मलाई मेरा प्रशंसक तथा दर्शकले मलाई सम्झने छन् र माया गर्नु हुनेछ भन्ने विश्वास राख्नु भएको छ ।
















प्रतिक्रिया