२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्चको दक्षिण कोरियामा बृहत भेला हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ofn

– राजु सन्तोषी थापा
दक्षिण कोरिया । प्रवासी नेपाली मञ्च शाखा दक्षिण कोरियाले कोरियाली नयाँवर्षमा वृहत भेला आयोजना गर्ने भएको छ ।

नेकपा एमालेको प्रवासी भातृ संगठन प्रवासी नेपाली मञ्चले कोरियाभर रहेका समर्थक सुभेच्छुकहरुको सहभागितामा भेला आयोजना गर्न लागेको हो ।

संगठन सुदृढिकरण, प्रवासी नेपालीको अवस्था बुझ्न तथा नयाँ वर्ष होर्षाेउल्लासका साथ मनाउन वृहत भेलाको आयोजना गरिएको प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका सचिव दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बृहत भेलामा दक्षिण कोरियाको ओइजम्बु देखी बुसान सम्मका प्रवासी नेपालीहरुको सहभागि हुनेछन ।

वृहत भेला आगामी फ्रेरवरी २० तारिख, दक्षिण कोरियाको लाइन नम्बर २ को इदे स्टेशन २ नम्बर गेट नजिकै आगन रेस्टुरेन्टमा बिहान १० बजे देखी सुरु हुने छ ।

भेलालाइ ब्यबस्थित बनाउन जन परिचालन र प्रचार प्रसार उपसमिसित समेत गठन गरिएको छ । उक्त समितिले कोरियाका बिभिन्न भागमा रहनु भएका प्रवासी नेपालीहरु माझमा प्रचार प्रसारलाइ तिव्र बनाएको छ ।

प्रवासी नेपाली मञ्च कोरियाले हरेक बिदाका अबसरहरुमा आफ्ना प्रवासी नेपाली तथा समर्थक माझ यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यस पालिको बृहत भेलामा बिशेष गरि देशको राज्नैतिक क्रान्तीको सफलता पछि आर्थिक समृद्दि बारेमा प्रबासबाट के कस्ता सामुहिक कामहरु गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर छलफल हुने सचिव अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सबै ओएनएफ कमिटिका सदस्य लगायत सबै समर्थक सुभेच्छुकहरुमा उपस्थितिका लागी अनुरोध समेत गरिएको छ ।