काठमाडौं । अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ ? सावधान भरपर्दो साथीबाटै धोका पाउनुहोला।
सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क उपलब्ध हुने पिल्स ९खाने चक्की० सेवन गरेकाले गर्भ रहँदैन भनेर ढुक्क हुन नसकिने सरकारी प्रयोगशालाकै अध्ययनले पुष्टि गरेको हो।
औषधिको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय औषधि व्यवस्था विभागको प्रयोगशाला परीक्षणमा सरकारले देशभर वितरण गरेको ‘पिल्सु मापदण्डविपरीत र कमसल फेला परेको छ। विभागले देशभर वितरित औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो। तिनै औषधि अहिले पनि देशभरका स्वास्थ्य संस्थामा वितरण भइरहेका छन्।
पिल्सलाई परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन मानिन्छ। छोटो गर्भान्तर चाहने महिलालाई यो निकै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरे गर्भ रह“दैन। तर यो चक्की खान छाडे महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छन्।
चिकित्सकका अनुसार कम डोजका औषधिले पर्याप्त मात्रामा काम नगर्ने भएकाले यस्ता औषधि सेवन गर्ने धेरैमा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ। मापदण्डविपरीत र कम डोजका औषधिले पूर्ण रूपमा काम नगर्ने भएकाले यस्ता औषधिमा भर पर्न नहुने चिकित्सकको भनाइ छ।
विभागले विभिन्न सातवटा ब्याचका औषधिको नमुना परीक्षण गरेको थियो। मापदण्डअनुसार औषधि नपाएपछि विभागले तुरुन्त त्यस्ता औषधि फिर्ता ल्याउन स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिसकेको छ।
विभागका महानिर्देशक गजेन्द्रप्रसाद भुजूका अनुसार स्वास्थ्य संस्थामा वितरित औषधिका धेरै ब्याचमा खराबी पाइएको छ। ‘हामीले नमुना परीक्षण गर्दा औषधि गुणस्तरीय पाइएन,’ उनले भने, ‘मापदण्ड नै पूरा नभएका यस्ता औषधि वितरण गर्नुहुँदैन भनेर स्वास्थ्य विभागलाई पत्राचार गरेका हौं।’
विश्व स्वास्थ्य संगठनले औषधिमा हुनुपर्ने गुण र मात्राको मापदण्ड तोकेको छ। परीक्षित औषधिमा हुनुपर्ने डोज ९मात्रा० पनि नरहेको पाइएको छ। कतिपय चक्कीमा त लेभलसमेत औषधिअनुसार भेटिएन।
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ। नागरिक दैनिकबाट













प्रतिक्रिया