२८ आश्विन २०८३, बुधबार

पार्टीको कुनै कार्यकारी पदमा बस्दिनँ: भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं । एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले ‘असहमतिका बाबजुदु आफू केन्द्रीय समितिमा फर्के पनि महाधिवेशनसम्म कुनै कार्यकारी पदमा नबस्ने अडान दोहोर्‍याएका छन्।

भट्टराईले विराटनगर सम्मेलनमा आफूले पेस गरेको सातबुँदे प्रस्तावलाई तल्ला कमिटीसम्म लैजान अध्यक्ष पुष्पकमल दाहाल सहमत भएकाले केन्द्रीय समितिमा फर्कने निर्णय लिएको प्रस्ट्याउँदै पदाधिकारी भने नबन्ने जनाउ दिएका हुन्।

विराटनगर सम्मेलनमा फरक मत राखेर पार्टीबाट बाहिरिएका भट्टराई दाहालसँग बुधबार सहमति भएपछि बिहीबारको नयाँ केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी हुँदैछन्।

‘सातबुँदे मेरा प्रस्तावलाई तल्ला कमिटीसम्म लैजान अध्यक्ष (दाहाल) सहमत हुनुभएपछि म केन्द्रीय समितिमा फर्कने निर्णयमा पुगेको हुँ,’ भट्टराईले नागरिकसँग भने, ‘पूर्ण सहमति जनाएर म फर्केको भने होइन, बाहिर प्रचार गरेजस्तो म उपाध्यक्षमा बस्ने निर्णयमा पुगेको पनि छैन।’

पार्टीको विशेष महाधिवेशनसम्म कुनै पनि कार्यकारी पदमा नबस्ने प्रस्ट्याउँदै भट्टराईले सातबुँदे प्रस्तावमा महाधिवेशनसम्म छलफल हुने जानकारी दिए।

संविधान लेखनमा उदासीन हुन नहुने, जनवादी केन्द्रीयताको परिभाषा स्पष्ट पार्नुपर्ने, एउटै कम्युनिस्ट केन्द्र निर्माणका नाममा गर्न खोजिएको एकीकरण प्रयास, भिन्न मतलाई सम्मान गर्नुपर्ने तथा भिन्न मत राख्नेलाई उचित जिम्मेवारी दिनुपर्ने, नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्नुपर्नेलगायत आफ्ना मागलाई तल्लो कमिटीसम्म लैजान अध्यक्ष दाहाल सहमत भएको उनको भनाइ छ।

अध्यक्ष दाहालले भट्टराई पक्षधरका २९ जना नेता समेटेर केन्द्रीय समिति विस्तार गरे पनि आफ्नो ‘नोट अफ डिसेन्टु कायमै रहेको उनले बताए। नागरिक दैनिकबाट