२९ आश्विन २०८३, बिहिबार

‘सगरमाथा’ले फागुन दोस्रो साता दिल्ली उडाउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aeroplane

काठमाडौं, ४ फागुन । फ्रान्स कम्पनीले निर्माण गरेको नयाँ जहाज ‘सगरमाथा’ एयरबसले दिल्ली-काठमाडौं उडान सुरु गर्ने भएको छ । ‘सगरमाथा’ले फागुन १३ गतेदेखि यात्रुहरुलाई दिल्ली उडाउने राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायसेवा निगमले जनाएको छ ।

सगरमाथाले नेपाली यात्रुलार्इ ७ हजार १ सय रुपैयाँमा काठमाडौं-दिल्ली उडाउने भएको हो । गत माघ ८ गते नेपाल ल्याइएको सगरमाथा नामको एयरबस ‘ए३२०/२००’ ले काठमाडौं-दिल्ली व्यवसायीक उडान गर्न लागेको हो ।

विगतमा एयरबस नहुँदा निगमले काठमाडौं-दिल्ली उडाउन सकेको थिएन् । काठमाडौं-दिल्ली उडान प्रत्येक सोमबार, बुधबार, शुक्रबार र शनिबार हुनेछ । १५८ सिट क्षमता भएको एयरबसमा बढाइएर १६४ बनाइएको थियो । १५० वटा इकोनोमी बाँकी बिजनेस सिट छन् ।

पाइलटको संख्यामा वृद्धि भएपछि निगमले काठमाडौं-दिल्ली उडान सातामा चार दिन राखेको हो । अर्काे लुम्बिनी नामको एयरबस निर्माणकै क्रममा फ्रान्सकै कम्पनीसंग छ । निगमले लुम्बिनी नेपाल आएपछि काठमाडौं-दिल्ली उडान दिनको दुइपटक गर्ने जनाएको छ ।  ।