२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपाली मञ्च अमेरिकाको मध्य पश्चिम संयोजकमा पौडेल चयन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tekraj-nfd

डिसी, अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिकाको मध्यमपश्चिम संयोजकमा टेकराज पौडेल चयन हुनुभएको छ ।

प्रवासी नेपाली मञ्चका प्रथम उपाध्यक्ष वाला घिमिरेको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनले पौडेललार्इ नेकपा एमालेको प्रवासी भातृ संगठन प्रवासी नेपाली मञ्च अमेरिकाको संयोजकमा सर्वसम्मतले चयन गरेको हो ।

कपिलबस्तु जिल्लामा लामो समय पार्टीको जिल्ला समितिको सचिवालय सदस्य भएर राजनीतिक सामाजिक कार्य गर्दै बिगत ५ बर्ष देखि सिकागोमा बस्दै आउनु भएका पौडेल नेकपा एमाले नबौ महाधिवेशनमा यसै क्षेत्रबाट महाधिवेशनका प्रतिनिधि समेत हुनुहुन्थ्यो ।

अमेरिकामा नेकपा एमालेका ४ वटा जिल्ला स्तरीय पार्टी संगठन र एक अञ्चल समेत रहेको छ ।

गतबर्ष पार्टीका निवर्तमान अध्यक्ष झलनाथ खनालको प्रमुख अतिथ्यतामा सम्पन्न प्रवासी नेपाली मञ्चको प्रथम सम्मेलनले सञ्जय थापालार्इ प्रवासी नेपाली मंचको अध्यक्षमा चयन गर्दै छेत्रीय स्तरको संगठन नराख्ने निर्णय गरे पनि पार्टीको नवौ महाधिवेशनको बेला एमाले केन्द्रीय समितिले पुनः ४ वटा क्षेत्रलाइ आधार मान्दै प्रतिनिधि छनौट गर्न निर्देशन गरेको र भर्खरै न्युयोर्कमा सम्पन्न संगठनको प्रथम विधान अधिवेशनले पुराना ४ वटै छेत्रीय स्तरका संगठन पुनस्र्थापित गर्ने निर्णय नुसार प्रवासी नेपाली मंच अमेरिकाले मध्य पश्चिम क्षेत्रको सम्मेलन आयोजना गरेको हो ।

सन् २००२ मा पूर्व महासचिब माधव कुमार नेपालको पहलमा अमेरिकामा नेकपा जिल्ला कमिटी निर्माण भएर एमालेको संगठनिक काम सुरु भएको र पार्टी सदस्यता र भूगोलको अबस्थालाई मध्यनजर गर्दै २००९ मा ४ वटा जिल्ला कमिटीको संरचना निर्माण हुँदै नोभेम्बरमा जिल्ला सम्मेलन सम्पन्न भएको थियो ।

२०१० मा बाल्टिमोरमा ४ वटा जिल्ला कमिटिका पधाधिकारी र राष्ट्रिय प्रतिनिधिहरु सम्मिलित अंचल स्तरीय संगठनको आधिकारिता दिंदै महासचिव इश्वर पोखरेलले अञ्चल कमिटिमा रहनु भएका व्यक्तिहरुलाइ सपथ खुवाउनु भएको थियो । आइतबार सम्पन्न सम्मेलनमा अतिथिको रुपमा केन्द्रिय सदस्य छबि पाण्डे पार्टीका पुर्ब केन्द्रिय पार्षद डाक्टर रुद्र अर्याल केन्दीय सदस्य हेमन्त भेटवाल, पुरुषोत्तम बोहोरा रहनु भएको थियो ।

केन्द्रिय सदस्य सीएन घिमिरेको अध्यक्षतामा सम्पन्न सम्मेलनले पौडेललार्इ संयोजक र खेम भण्डारी सह–संयोजक तथा केन्टुकीका अजय अर्याललाइ सचिबमा चयन गरेको छ । हाललाइ १७ सदस्य रहेको सो समितिमा १० प्रतिशत मनोनित हुने व्यवस्था गरिएको छ ।

दक्षिण जर्जिया, फ्लोरिडा हुदै उत्तरको सिकागो सम्म अमेरिकाको १९ वटा स्टेटमा रहेका एमाले समर्थितहरुलाई संगठित गर्ने यो कमिटिको दायित्व रहेको छ २००९ मा गठन भएको यो कमिटिको पूर्व अध्यक्षमा नेपालको अस्कल क्याम्पसका लोकप्रिय नेता प्रितीसागर खत्री रहेका थिए । यस्तै, दक्षिण पश्चिम, टेक्सास छेत्रीय कमिटीमा गोकर्ण दाहाल र उत्तर पुर्बी छेत्रीय कमिटि न्युयोर्कमा सोमेंद्र रंजितलाइ चयन गरिएको छ ।