७ कार्तिक २०८३, शनिबार

हावाहुरीले बांगाइदियो साढे चार करोडकाे निर्माणाधीन झोलुंगेपुल

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २१ जेठ । आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।

पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए ।

थानी निर्माण सेवा काठमाडाैंले पुल निर्माणको काम गरिरहेको छ । निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो ।