३० आश्विन २०८३, शुक्रबार

एमाओवादी मोर्चालाई प्रधानमन्त्रीले अर्को पक्ष लेख्नुहुन्न: उपप्रधानमन्त्री सिंह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Man-Singh1

काठमाडौ, ४ फागुन । उपप्रधान तथा संघीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एमाओवादीसहितको विपक्षी मोर्चाका लागि वार्ताका लागि सरकार अर्को पत्र लेख्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उपप्रधानमन्त्री सिंहले वार्ताको लागि प्रधानमन्त्रीले एकपटक लिखित रुपमा आग्रह गरिसकेकोले अब दोहोर्याएर आग्रह नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले प्रष्ट पारिसक्नुभएको छ, यहाँभन्दा बढी प्रष्ट पार्नुपर्ने आवश्यकता छैन, अर्को पत्र लेख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।’ सडकबाट संविधान घोषणा गर्नुको अर्थ नभएकोले संविधानसभामा आएर आफ्नो एजेण्डाको लागि लड्न उहाँले सुझाव दिनुभयो ।

काँग्रेस महामन्त्री समेत रहेका सिंहले काँग्रेस आफूले विगतमा गरेको बाचाबाट पछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस विगतमा आफूले गरेको प्रतिबद्धता र सहमतिबाट पछि हट्दैन बरु बलिदानी गर्न तयार छ ।’

उहाँले वीस बैंकमा रहेको नेपालीको कालो धनको सरकारले छानबिन गर्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भ्रष्टाचारमा शून्य सहनशिलतामा सरकार अघि बढिरहेकोले स्विस बैंकमा भएको नेपालको रकम कानुनअनुसार फिर्ता ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘यदि कसैले गैरकानुनी रुपमा कालो धन राखेको छ भने त्यसलाई नेपालको कानुन बमोजिम छानविन गरेर सार्वजनिक गर्न सरकार प्रतिबद्ध छ ।’