२८ आश्विन २०८३, बुधबार

दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ४ फागुन । जिल्ला पशुसेवा कार्यालय जुम्लाले दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा भित्र्याएको छ ।

कार्यालयमा उक्त सुईको अभाव भएकाले बहुला कुकुरको बिगबिगीका कारण क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला सुर्खेतबाट तत्कालै माग गरिएको पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।

माघ १४ गते छुमचौर गाविसका १० स्थानीयवासीलाई बहुला कुकुरले टोक्दा जिल्ला नै बहुला कुकुरको आङ्कतमा परेको थियो ।

त्यसबेला जिल्लामा रेबिजविरुद्ध सुई नभएका कारण जनताको भनाइ खानुपरेकोले सुई भित्र्याइएकोे अधिकृत महतले बताउनुभयो ।

उहाँले स्थानीयवासीलाई आफ्ना कुकुर तथा अन्य पशुचौपायालाई रेबिजविरुद्ध सुई लगाउन अनुरोध गर्नुभयो ।