काठमाडौं, १६ जेठ । व्यापक हिनामिना भएको भनिएको विवादित कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’लाई थप आठ अर्ब बजेट विनियोजन भएको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाएको आलोचना भइरहँदा अर्थमन्त्री युवराज खतिवडाले थप बजेट दिएका हुन् ।
‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालार्ए पुनःसंरचना गरी विस्तार गर्न आठ अर्ब १० करोड विनियोजन गरेको छु’, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘आगामी आर्थिक वर्ष पकेट, ब्लक, जोन र सुपर जोनका निश्चित मापदण् बनाई ३१ बाली विशेष र आठ पशुपालन गरी थप ३९ जोनमार्फत ६९ हजार हेक्टरमा परियोजना विस्तार गरिनेछ ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले केही समयअघि तयार पारेको प्रतिवेदनअनुसार परियोजनाको अनुदानबाट सञ्चालक समितिका पदाधिकारीका आसेपासे मात्रै लाभान्वित हुने गरेका छन् ।
पकेट, ब्लक, जोन र सुपर जोन सञ्चालन गर्दा राजनीतिक सिमानालाई आधार मानिएको देखिन्छ । जग्गा चक्लाबन्दी भई सामूहिक खेती अवलम्बन र्भको छैन। पकेट, ब्लक, जोन र सुपर जोन स्थापना हुँदा प्राविधिक सम्भाव्यताको आधारमा भन्दा प्रभावको आधारमा हुने गरेको छ ।















प्रतिक्रिया