२८ आश्विन २०८३, बुधबार

नेपालीको जीवनमा परिवर्तन खोज्दै हार्वर्ड बिश्वबिद्यालयका नेपाली अनुसन्धानकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr.Malla-USA
विजय थापा / भर्जिनिया 
वाशिंगटन नेपाल फोरमको आयोजनामा वाशिंगटन डिसीमा दायित्व नेपाल संग भएको एक अन्तरक्रिया कार्यक्रममा दायित्व नेपालका संचालक तथा हार्वर्ड बिश्व बिद्यालयका अनुसन्धानकर्ता पुकार मल्ल(बिध्या वारिधि )ले मानिसको जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने भावनाले दायित्व अभियानमा लागेको बताए l
 
उनले मूल त नेपाल तथा विदेशमा बसेका युवा पिढीहरुलाई परिचालन गरि नेपालको लागि केहि गरौ भन्ने अभियान रहेको बताए l दायित्व नेपाल जन सेवा छात्रवृति योजनाको लक्ष्य राष्ट्रिय रूपान्तरणको लागि प्रक्रिया आरम्भ गर्नु र सरलता बनाउनु रहेको भन्दै हाम्रो महत्त्वाकाङ्क्षा भनेको सहकार्यको संस्कृति सिकाउनुको साथै मस्तिष्क संचारको प्रक्रिया मार्फत राष्ट्र निर्माण बनाउनु हो भने l
उनले दायित्व कसरि अगाडी बढी रहेको र किन हामी लागेको बारेमा चर्चा गर्दै नेपाल सरकारसंग सहकार्य गरि रहेको बताउदै उनले अगाडी भने नेपाली मुलका व्यक्तिहरुलाई गुरु योजनामा लगाउने गरिएको आब्हानमा बिगतमा बिश्वभरिबाट ६२ वटा निबेदन प्राप्त भएको जानकारी गराए l ६ वटा देशबाट ७ जना (फेल्लो )व्यक्तिहरुलाई नेपालका ६ वटा परियोजनामा काम गर्न छनौट गरिएको बताउदै ३ वटा सरकारी परियोजना अन्तर्गत काठमाडौँ महाननगर पालिका शहर कार्यलय ,उद्योग मन्त्रालय ,शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा खटाईएको बताए l उक्त परियोजनाको लागि जन हप्किन्स ,अर्थशास्त्र बिश्व बिद्यालय लन्डन ,जवाहरलाल नेहरु बिश्व बिद्यालय भारत तथा काठमाडौँ विश्व बिद्यालयबात छनौट गरिएको बताए l
 
यसै गरि दायित्वसंग सम्बद्ध शिकागोमा रहदै आएकी नेपाली मुलकी बैज्ञानिक प्रतिभा पाण्डेले दायित्व नेपालको लागि म्याराथुन दौड गर्ने योजना रहेको बताईन l म्याराथुन दौड आर्थिक कोष वृद्धिको लागि मात्र नगरी भएको सकारात्मक परिवर्तन हुन् सकोस भन्ने चाहना रहेकोले यसमा भाग लिने बताईन l
 
दायित्वले मुलत् सरकारले छनौट गरेको परियोजनामा दायित्वले योगदान गर्ने उदेश्य रहेको बताएका छन् भने उक्त अन्तर्किया कार्यक्रममा नेपालको परियोजनामा योगदान पुर्याई रहेका (फेल्लो)दिभा श्रेष्ठ तथा मेधावी गिरिले नेपालमा काम गर्दा आफुले भोगेका नैराश्यता ,तिता मिठा अनुभव,अप्ठ्यारा परिस्थिति तथा चुनौतीलाई चिर्दै दायित्वको परियोजनालाई सफल बनाउन अहम भूमिका निर्वाह गरेको चर्चा गरेका थिए l
 
उनीहरुले थप जानकारी गराउदै नेपालमा मिलेर काम गर्नु गार्हो तर मिलेर काम गर्नु बाहेक बिकल्प नभएको भन्दै दायित्वलाई नागरिक समाजको ठुलो सहयोग पाई रहेको बताईएको छ l नेपाल सरकारले राम्रो काम गरि रहेको प्रशंसा गर्दै विदेशमा बसी सरकारले केहि गरेको छैन भन्ने चाही हैन गलत हो भने l अब आउने परियोजनाको लागि दूइ सय छब्बीस सभासदहरुले निबेदन दिएको जानकारी गराएका थिए भने बिभिन्न राजनैतिक दलसंग छलफल भै रहेको मल्लले बताए l
 दायित्वको परियोजनालाई नेपालका मुख्य सचिबले समेत ६ वटा मुलुकबाट नेपालको लागि केहि गरौ भन्ने नेपाली मुलका ७ जना सबै फेल्लो(व्यक्तिहरु)लाई नेपाल छोडेर नजान आग्रह गरेको चर्चा गर्दै देशको लागि उनीहरुसंग अन्तर निहित आगोको ज्वालालाई निभ्न नदिन हुने कुरा गरेकोले आफुहरु उत्साहित भएको बताए l
प्रश्न उत्तर कार्यक्रममा उपस्थित केहि सहभागीहरुले जिज्ञाशा राखेका थिए भने वाशिंगटन नेपाल फोरमका बिबेक पाण्डेले दायित्वले हाल नेपाली मुलकालाई मात्र यो अवसर प्रदान गर्दै आएकोले अन्य देशका नागरिकलाई अवसर प्रदान गर्ने योजना रहेको छ या छैन भन्दै आफु एक परियोजनाको लागि टर्की गएर भोगेको अनुभव सुनाएका थिए l