३० आश्विन २०८३, शुक्रबार

पर्यटनदूत राजा घलेको पहलमा चेपाङ बालबालिकाहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १५ जेठ । काठमाडौँ घर भई हाल अमेरिकाको एटलान्टा जोर्जिया निवासी पर्यटनदूत राजा घलेको विशेष पहलमा धादिङका चेपाङ बालबालिकाहरूलाई बिद्यालय पोशाक साथै लेखन सामग्री (स्टेशनरी )वितरण गरिएको छ ।

हिमालयन बैङ्कको आर्थिक तथा प्राविधिक सहयोग एवं महिला बालबालिका तथा युवा सचेतना समाज नेपालको सक्रियतामा आर्थिक अवस्था अत्यन्त कमजोर एवं लोपोन्मुख समुदायका १२३ जना चेपाङ बालबालिकाहरूको लागि बिद्यालय पोशाक,पुस्तक झोला तथा लेखन सामग्री वितरण गरिएको हो ।

अमेरिकामा रहेर पनि नेपालको संवेदनशील विषयमा चिन्तन मनन् गर्नुका साथै गरिब तथा लोपोन्मुख समुदायका बिधार्थीहरुलाई सहयोग गर्नेहरूमा राजा घले, बासु फुलारा, डा. रामचन्द्र बराल, डा.प्रल्हाद पन्त, दिलीप बानिया, सूर्य लम्साल, राम पराजुली, मोहन तिमिल्सिना, सिके पराजुली र राजु थापा रहेका छन् ।