
अमेरिका, १४ जेठ । अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित अङ्किय पत्रिका ईनेप्लिजका संस्थापक तथा प्रधान सम्पादक बिश्वराज थापा सम्मानित भएका छन् । गत आईतबार मे २६ का बिभिन्न ब्यक्ति र संघसंस्थालाई सम्मान गर्ने क्रममा सामुदायिक क्षेत्रमा संचार माध्यमको तर्फबाट योगदान गरे वापत संस्थापक थापालाई सम्मान गरेको हो ।
मेरिल्याण्ड व्यवस्थापिका एसियन अमेरिकन एण्ड प्यासिफिक आइसल्याण्डर्स ककस (एएपीआई)को आयोजनामा हेरिटेज (परम्परा) महिनाको उपलक्ष्यमा नेपाली अमेरिकनहरुलाई सम्मानित गरिएको हो । मेरिल्याण्ड व्यवस्थापिका एसियन अमेरिकन एण्ड प्यासिफिक आइसल्याण्डर्स ककस जस्को सदस्य हुन् सिनेटर तथा संसद हुनुपर्छ ।
कार्यक्रममा झन्डै ३ दर्जन ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेहरुमा क्रमस डा. एलिना शाक्य, डा. उत्तम गौली, डा. कृष्ण सिजापती, डा. अनुप श्रीवास्तब, डा. कृष्ण बिष्ट, रमेश भट्ट, लक्ष्मीकान्त जैसी गौडेल, टीईसी ग्रुप, डा माउन्ट एभरेष्ट रेष्टुरेन्ट, मुरली अधिकारी रहेका छन् ।
यस्तै, बासुदेव खनाल, अर्जुन मैनाली, कुल गुरुङ, रुद्र गुरुङ, हिमालय डेमोक्रेटिक क्लब, साईकियाट्रिक स्पेशियालिटी क्लिनिक, दीपक खतिवडा, बिनोद मोक्तान, अनिल पाण्डे, तिर्थराज पाण्डे, महेश्वर पन्त, सारंगा श्रेष्ठ, रेणु शर्मा, संचारकर्मी द्वय सतिस चापागाई तथा बिश्वराज थापा, भक्त थापा, अनु वन्त , रुद्र गुरुङ, प्रेम श्रेष्ठ, इन्द्र थापा, गोपाल बिश्वकर्मा, डिल्ली ढुंगाना, कुमार कार्की (एभरेष्ट तेक्वान्दो) लाई सम्मान गरिएको थियो ।
मेरिल्यान्डको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड बिधानसभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो । मेरिल्याण्डकि सिनेटर क्याथी क्लाउजमायर, बिधान सभा सदस्य ह्यारी भण्डारीका तर्फबाट सम्मान पत्र वितरण गरिएको थियो ।
सम्मान कार्यक्रममा सहभागी तथा अतिथिहरुलाई मेरिल्यान्डको हाउस अफ डेलिगेट र सिनेटको कार्यकक्ष अबलोकन गराईएको थियो । यो भवन र कक्षमा जर्ज वाशिंगटन र थोमस जेफर्सनले काम गरेका थिए ।
गत हप्ता मात्र बाल्टिमोरमा डेमोक्रेटिक पार्टीका लागि यूवा समितिका पूर्व सचिव तथा डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य तथा बिधान सभा सदस्य माननीय ह्यारी भण्डारीको पहलमा आयोजना गरिएको कोष वृद्धि कार्यक्रममा मेरिल्याण्डका समाज सेवी डा. श्याम कार्की तथा सामाजिक अभियन्ता अर्जुन हमाललाई एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएपीआई) ले केन्द्रिय पार्षदमा नियुक्त गरेको थियो ।















प्रतिक्रिया